नेपालले कुवेतलाई जितका लागि दुई सय ८२ रनको लक्ष्य

<span class='c1'>नेपालले कुवेतलाई जितका लागि दुई</span> <span class='c2'>सय ८२ रनको लक्ष्य</span>

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत सेमिफाइनल खेलमा नेपालले कुवेतलाई दुई सय ८२ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वर्षाका कारण अवरुद्ध भएपछि ४२ ओभरमा छोट्याइएको खेलमा नेपालले ९ विकेट गुमाएर दुई सय ८१ रन बनाएपछि कुवेतले दुई सय ८२ रनको लक्ष्य पाएको हो ।

नेपालका कप्तान रोहित पौडेलले ९५ बलमा ७ चौका र तीन छक्कासहित सर्वाधिक ९४ रन बनाए । कप्तान मोहमद अस्लामको बलमा यासिन पटेलबाट क्याच आउट हुँदा रोहित ६ रनले शतक बनाउन चुके । त्यसैगरी , कुशल मल्लले ५७, कुशल भुर्तेलले ४३, आशिफ शेखले ३१, आरिफ शेखले १९ र सन्दीप लामिछानेले ५ रन बनाए । यस्तै सोमपाल कामीले १२, ललित राजवंशीले २, भीम शार्की १ रनमा आउट हुँदा दीपेन्द्रसिँह ऐरीले खाता खोल्न पनि सकेनन् ।

कुवेतका मोहम्मद अस्लाम र अदान इद्रिसले २/२ विकेट लिए । नेपाल र कुवेतबीचको सेमिफाइनल खेल पानी परेर केहिबेर रोकिएको खेल फेरि सुरु भएको थियो । अब दुवै टोलीले ४२/४२ ओभरको खेल खेल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्