निरा आचार्यको हत्या प्रकरण : झापामा पक्राउ परेका विनोदलाई आज काठमाडौं लगिदै

<span class='c1'>निरा आचार्यको हत्या प्रकरण : झापामा</span> <span class='c2'>पक्राउ परेका विनोदलाई आज काठमाडौं लगिदै</span>

निरा आचार्यको हत्यामा संलग्न रहेको आरोपमा शनिबार पक्राउ परेका विनोद बिकलाई आज काठमाडौं ल्याइँदै छ। हिजाे दिउँसाे झापाबाट पक्राउ परेका विनोदलाई सोधपुछका लागि आज काठमाडौं ल्याउन लागिएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीको एक उच्च अधिकारीका अनुसार पक्राउ परेका विनोद बाउन्सर हुन्। निराको हत्यामा उनको संलग्नताबारे भने खुलिसकेको छैन। हत्या प्रकरणमा संलग्न रहेको आशंकामा प्रहरीले काठमाडौंमा पनि तीन जनासँग सोधपुछ गरिरहेको ती प्रहरी अधिकारीले जानकारी दिए।

सरस्वतीनगरमा भाँडा पसल चलाउँदै आएकी निराको वैशाख ७ गते दिउँसो पसलमै भएका बेला धारिलो हतियार प्रयोग गरी हत्या भएको थियो। यस घटनाको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरोकी प्रमुख एआइजी किरण बज्राचार्यको नेतृत्वमा उच्चस्तरीय अनुसन्धान समिति बनेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्