प्रधानमन्त्री ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बधाई दिए

प्रधानमन्त्री ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बधाई दिए

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बधाई दिएका छन् । हालै सम्पन्न उपनिर्वाचनबाट लामिछाने पुनः सांसद बनेकामा प्रधानमन्त्रीले बधाई दिएका हुन् । आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटेर प्रधानमन्त्रीले उनलाई बधाई दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

त्यसक्रममा अरू विषयमा छलफल नभएको प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले बताए ।

लामिछाने पुनः सांसद बनेपछि पहिलोपटक बालुवाटार पुगेका हुन् । उनी यही वैशाख १० गते भएको उपनिर्वाचनबाट भारी मतान्तरसहित निर्वाचित भएका हुन् । गएको मंसिर ४ गते भएको निर्वाचनमा चितवन क्षेत्र नम्बर–२ बाट भारी मतान्तरले नै निर्वाचित उनले नागरिकता प्रकरणमा सांसद पद गुमाएका थिए । पुनः सोही ठाउँबाट प्रतिस्पर्धा गरेर सांसद बनेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्