विराटनगर । नेपाल बैंकर एशोसिशएन कोशी क्याप्टरको कार्यकारिणी समिति पुर्नगठन भएको छ । सन्तोष बुढाथोकीको संयोजकत्वमा सात सदस्यीय प्रदेश बैंकर एशोसिएशन गठन गरिएको हो । बुढाथोकी एनएमबी बैंकमा आवद्ध रहेका छन् ।
यसैगरी सह–संयोजकमा प्रमुख बैंकका बद्री कटुवाल, सचिवमा लक्ष्मी बैंकका सम्भु राठी चयन भएका छन् ।
सदस्यहरुमा सुवास श्रेष्ठ सिदार्थ बैंक, सुर्यप्रकाश भट्ट नेपाल बैंक, राजीव गजुरेल एनएमबी, अमृत मल्ल हिमालयन बैंक रहेका छन् ।