धनकुटाको सिधुवामा २० वर्षपछि चण्डीपुर्णिमा मेला लाग्दै

धनकुटाको सिधुवामा २० वर्षपछि चण्डीपुर्णिमा मेला लाग्दै

धनकुटा । करिब २ दशकपछि धनकुटाको छथर गाउँपालिका सिधुवा बजारमा चण्डीपुर्णिमा मेला आयोजना हुने भएको छ । निक्कै लोकप्रिय र पुर्वी पहाडी जिल्लामा कहलिएको मेला यसवर्षदेखि पुनः सुरु हुने भएको हो ।

धनकुटासहित छिमेकी जिल्ला तेह्रथुम,संखुवासभा लगायतका जिल्लाहरुबाट मेला भर्न आउने गरेका थिए । द्धन्द्धको समयदेखि मेला आयोजना हुन छोडेको थियो । चण्डिपुर्णे (रगरगे) मेला जोगाऔ, स्वास्थ्यका लागि दौडाऔं भन्ने मुल नारासहित यसवर्ष सुरु गरिने भएको छ ।
चण्डीपुर्णिे (रगरगे) मेला तथा सिधुवारन २०८० मुल आयोजक समितीले मेला लाग्ने जानकारी गराएको छ । पुरानो मेलालाई संरक्षण गर्दै सुल्ला सिधुवारन पुरुष तथा महिला दौड र धाननाच प्रतियोगिता आयोजना गरिएको छथर जोरपाटी गाउँपालिका ६ का वडाध्यक्ष तथा आयोजक समितीका संयोजक दिपक गुरुङले जानकारी दिएका हुन् ।

यही बैशाख २२ गते लाग्ने मेलाको अवसरमा आयोजित दौड प्रतियोगितामा पुरुष तर्फ प्रथमले नगद २५ हजार २ सय १५ दोस्रोले २० हजार १ सय १५ र तेस्रोले १५ हजार १ सय १५ र प्रमाणपत्र र मेडल पाउने भएका छन । त्यस्तै महिलातर्फ प्रथम हुनेले १५ हजार १ सय १५, दोस्रोले १० हजार १ सय १५ र तेस्रो हुनेले ५ हजार १५ मेडल र प्रमाणपत्र पाउने भएका छन ।

पर्यटन प्रबर्धन तथा लोप हुँदै कला संस्कृतीलाई संरक्षण तथा दौडमा प्रतिभा भएका खेलाडीहरुलाई अवसर दिने उदेश्यका रहेको सिधुवा बजार व्यवस्थापन समितीका अध्यक्ष शिवकुमार श्रेष्ठको भनाई छ ।

दौड प्रतियोगितामा पुरुष तर्फ १० किलोमिटर र महिला तर्फ ७ किलोमिटर रहेको छ । त्यस्तै धाननाच प्रतियोगितामा प्रथम हुने समुहले २० हजार १ सय १५,दोश्रो हुने समुहले १५ हजार १ सय १५ र तेश्रो हुने समुले १० हजार १ सय १५ नगद प्रमाणपत्र पाउने छन । कला,संस्कृती तथा पर्यटन पबर्धनका निम्ती गाउँपालिकाले सहयोग गर्दै आएको गाउँपालिका अध्यक्ष छत्र सुब्बाले बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्