संखुवासभामा पहिरो झरेर थुनियो अरुण नदी

संखुवासभामा पहिरो झरेर थुनियो अरुण नदी

विराटनगर । संखुवासभाको फाक्सिन्दामा सुक्खा पहिरो खसेर अरुण नदी थुनिएको छ । निर्माणाधीन ९ सय मेगावाटको अरुण तेस्रो जलविद्युत निर्माणस्थल रहेको क्षेत्रमा सुख्खा पहिरो झरेर नदी थुनिएको हो ।

संखुवासभा जिल्लाका प्रमुख जिल्ला अधिकारी शिव कार्कीका अनुसार अरुण थुनिएको स्थानमा २६ मिटर भन्दा बढी पानी जमेको छ । अब केही घण्टामा थुनिएको ड्याम माथिबाट पानी बग्ने देखिएको छ ।

भारतीय कम्पनीले निर्माण गरिरहेको अरुण ३ जलविद्युत आयोजनाको ड्राइभर्सन टनेलको मुखमा आइतबार बिहान सुक्खा पहिरो खसेको थियो । सुख्खा पहिरो खसिरहेको छ । पहिरोका कारण अरुण तेस्रोको ड्याम साइडको काम पनि रोक्नु परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्