सुनको सिक्री लुट्न हत्या

सुनको सिक्री लुट्न हत्या

विराटनगर । चाबहिल सरस्वतीनगरमा भाँडा पसल सञ्चालन गर्दै आएकी निरा पाण्डे आचार्यको हत्या सुनको सिक्री लुट्ने उद्देश्यले भएको प्रहरीले बताएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोमा आइतबार आयोजित पत्रकार सम्मेलनमा एसएसपी दिनेश आचार्यले निराले लगाएको सुन लुट्ने उद्देश्यले हत्या भएको दावी गरेका हुन् ।

हत्यामा संलग्नको आरोपमा प्रहरीले झापाबाट विनोद बिकलाई शनिबार पक्राउ गरेको थियो । उनलाई आइतबार प्रहरीले सार्वजनिक गरेको छ । ७ वैशाखमा निराको हत्यापछि उनले निराले लगाएको सिक्री लुट्नुका साथै काउन्टरमा भएको १२ हजार रुपैयाँ लुटपाट गरेको खुलेको छ ।

बिकले उक्त सिक्री बालाजुको एक सुन पसलमा ५५ हजार रुपैयाँमा बिक्री गरेको पाइएको प्रहरीले जनाएको छ । निराको हत्याअघि बिकले उक्त पसल हेरेर फर्किएको र दोस्रो पटक गई हत्या गरेको पाइएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्