राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागीताबारे शुक्रबार मात्रै निर्णय लिने

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागीताबारे शुक्रबार मात्रै निर्णय लिने

राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारमा सहभागीताबारे शुक्रबार मात्रै निर्णय लिने भएको छ। पार्टीको सोमबार बिहान बसेको केन्द्रीय कमिटी बैठकमा सरकारमा सहभागीताबारे शुक्रबार मात्रै निर्णय लिनेबारे छलफल भएको रास्वपाका प्रवक्ता मुकुल ढकालले जानकारी दिए।

उनका अनुसार शुक्रबार बैठक बसेर सरकारमा सहभागीबारे अन्तिम निर्णय लिइनेछ।

सोमबार बिहान बसेको केन्द्रीय कमिटी बैठकमा सहभागी सदस्यहरूले सरकारमा जाँदा हुने फाइदा/ बेफाइदा र प्रतिपक्षमा बस्दा हुने फाइदा /बेफाइदाबारे धारणा राखेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्