नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन संलग्न आरोपमा इन्द्रजित राई पक्राउ र उनका छोरा निरज विरुद्ध पक्राउ पुर्जी

<span class='c1'>नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन संलग्न आरोपमा इन्द्रजित</span> <span class='c2'>राई पक्राउ र उनका छोरा निरज विरुद्ध पक्राउ पुर्जी</span>

विराटनगर । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहसँग संलग्न भएको पाइएपछि पक्राउ परेका इन्द्रजित राईका छोरा निरजविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न भएको आरोपमा इन्द्रजित राई पक्राउ परिसकेका छन् ।

इन्द्रजितलाई मंगलबार बिहान ललितपुरबाट पक्राउ गरिएपछि उनका छोरा विरुद्ध पनि पक्राउ पुर्जी लिइएको हो । नेकपा एमालेको उपाध्यक्ष समेत रहेका रामबहादुर थापा (बादल) गृहमन्त्री हुँदा राई सल्लाहकारमा नियुक्त भएका थिए । राई द्वन्द्वको विज्ञ भनेर पनि चिनिन्छन् ।

प्रहरीका अनुसार निरज फरार छन् । उनी नेपालमा नरहेको प्रहरी स्रोतले बतायो । निरजका बुवा इन्द्रजितलाई भने मंगलबार बिहान प्रहरीले ललितपुरबाट पक्राउ गरेको छ । राईले गृहमन्त्री, गृह सचिव लगायतलाई मिलाउनुपर्छ भन्दै गिरोहबाट पटक(पटक गरी ५ करोड रकम लिएको पाइएको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको उजुरीका आधारमा अनुसन्धान थाल्दा गिरोहका नाइके मोरङका केशव दुलाल, सानु भण्डारी र टेक गुरुङ १२ चैतमै पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्