विराटनगर । मोरङको कोनेपोखरी गाँउपालिका अध्यक्ष र वडा नम्बर ६ का वडाध्यक्षको कार्यकक्षमा तालाबन्दी गरिएको छ । प्रशासकीय भवन बनाउने निर्णयको विरुद्धमा गाउँपालिको अध्यक्ष राजमति इङ्गनाम र ६ नं. वडा कार्यालयका वडाध्यक्ष खडग बहादुर बस्नेतको कार्यकक्षमा मंगलबार तालाबन्दी गरिएको हो ।
गाउँपालिकाले खरिद गरेको १ बिगाहा जग्गामा भएको अनियमितताको विषय सत्य तथ्य सार्वजनिक नगराई हुनसक्ने भ्रष्टाचारको ढाकछोप गर्ने उद्देश्यलाई बल पु¥याउने नियतबाट गाउँपालिकाको केन्द्र सार्ने र प्रशासकीय भवन बनाउने निर्णयको विरुद्धमा गाउँपालिको अध्यक्ष र वडा अध्यक्षको कार्यालयमा तालाबन्दी गरिए स्थानीयले जनाएको छ ।
निर्वाचित जनप्रतिनिधिहरूको बेथितिविरुद्ध गाउँपालिकाको अध्यक्ष र वडा अध्यक्षको कार्यालयमा तालाबन्दी गरिएको स्थानीय नवीन पौडेलले बताए । सेवाग्राहीलाई सेवा प्रभावमा कुनै पनि कठिनाइ नहुने तरिकाले आफूहरुले आन्दोलन गरेका बताउदै उनले कानेपोखरी गाउँपालिको स्थानीय सरकार विधि र प्रक्रियामा चल्नुपर्ने समेत बताए ।
गाउँसभाको सोमबार बसेको बैठकमा भएको मतदानमा २७ जनाले गाँएपालिका र प्रशासकीय सार्ने पक्षमा बुहमतले पारित भएको थियो पालिकाकी अध्यक्ष राजमती इङ्नामको तर्फबाट वडा नम्बर २ का वडाध्यक्ष सुशील बुढाथोकीले गाउँसभामा पालिकाको केन्द्र पालिकाले खरिद गरेको वडा नम्बर ५ भौंसाबारीमा सार्ने प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमा सहमति हुन नसकेपछि मतदान भएको थियो । मतदानका क्रममा २७ जनाले सार्नुपर्ने पक्षमा मत दिएका थिए । भने ७ जनाले भने यथास्थानमा नै रहनुपर्नेमा मत खसालेका थिए ।
मोरङको कानेपोखरी गाउँपालिकाले गत आर्थिक वर्ष २०७८\०७९ मा पालिकाको केन्द्र स्थापनाको लागि भन्दै भौंसाबारीमा १ विगाहा जग्गा २ करोड ५ लाखमा खरिद गरेको थियो । गाउँपालिकाले २०७८ असार २३ गते मुआब्जा निर्धारण समितिमा पेश गरेको प्रतिवेदनको आधारमा उक्त जग्गा प्रतिकठ्ठा १० लाख २५ हजारमा खरिद गरेको हो । त्यो जग्गामा पालिकाको प्रमुख प्रशासनिक केन्द्र बनाउने कि नबनाउने भन्ने विषयमा विवाद भइरहेको थियो ।
असुन्तुष्टि व्यक्त गर्दै कार्यकर्ताको रानजीनामा
जग्गामा भ्रष्टाचार भएको र आफ्ना नेता संलग्न रहेको भन्दै त्यहाँका ३ सय जना एमालेका स्थानीय नेता तथा कार्यकर्ताले सामेबार राजीनामा दिएका छन् ।
गाउँपालिकाले प्रशासनिक भवन बनाउन भनेर तत्कालीन गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले अध्यक्ष रहेको बेलामा गाउँपालिकाले कानेपोखरी – ५ मा खरिद गरेको १ बिगाहा जग्गामा १ करोड ३४ लाख रुपैयाँ बढी मूल्य हालेर जग्गा खरिद गरेको पाइएको छ ।
कम मूल्यमा जग्गा विक्री गर्ने निवेदकलाई पाखा लगाएर पालिकाले कानेपोखरी गाउँपालिका वडा नं। ५ मा प्रतिकठ्ठा १० लाख २५ हजारका दरले २० कठ्ठा ९१ बिघा जग्गा २ करोड ५ लाखमा २०७८ असार २३ गते खरिद गरेको छ ।
पालिकाले २०७७ असोज १६ गते जारी गरेको सूचना बमोजिम कम मूल्यमा जग्गा उपलब्ध गराउने उषा चापागाईँको दर्ता भएको निवेदनलाई हटाइएको पाइएको छ ।
उनले प्रतिकठ्ठा ३ लाख ५५ हजार प्रतिकठ्ठामा जग्गा उपलब्ध गराउने प्रस्ताव दर्ता गराएकी थिइन् । तर, उक्त प्रस्तावलाई हटाइएको पालिकाको तत्कालीन जग्गा व्यवस्थापन समितिले कानेपोखरी ५ को इन्द्रकुमार गिरी र सिताराम गिरीको नाममा रहेको जग्गा प्रतिकठ्ठा १० लाख २५ हजार रुपैयाँले खरिद गरेको छ । प्रतिकठ्ठा ६ लाख ७० हजार बढी मूल्य हालेर २० कठ्ठा जग्गा खरिद गर्दा कानेपोखरी गाउँपालिकालाई १ करोड ३४ लाख रुपैयाँ व्ययभार परेको छ ।
यता यसै विषयमा बुझ्दा गाँउापलिका अध्यक्ष इङ्गनामलाई सम्पर्क गर्दा आफू गाँउपालिकामा नरहेको र के विषयमा तालाबन्दी गरिएको भन्ने बुझेर जानकारी गराउने बताइन् ।