एसीसी प्रिमियर लिग विजेता नेपाल क्रिकेटर र प्रशिक्षकलाई जनही छ लाख दिने सरकारको निर्णय

एसीसी प्रिमियर लिग विजेता नेपाल क्रिकेटर र प्रशिक्षकलाई जनही छ लाख दिने सरकारको निर्णय

विराटनगर । एसीसी प्रिमियर लिग विजेता नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य र प्रशिक्षकलाई जनही ६ लाख रुपैयाँ दिने निर्णय सरकारले गरेको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले खेलाडी र प्रशिक्षकलाई जीतको सम्मानमा पुरस्कार गर्ने निर्णय गरेको हो ।

त्यस्तै मन्त्रिपरिषद्को बैठकले कीर्तिपुर क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउका लागि आगामी बजेटमा प्राथमिकता दिने पनि निर्णय गरेको छ । सरकारका प्रवक्ता रेखा शर्माले क्रिकेट खेलाडीले देशको मान बढाएको र त्यसको विकास भइरहेकाले सरकारले उनीहरूलाई पुरस्कृत गर्ने निर्णय गरेको जानकारी दिएकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्