कानेपोखरी र सुनवर्षी जोड्न डाँस खोलामा बन्यो पुल

कानेपोखरी र सुनवर्षी जोड्न डाँस खोलामा बन्यो पुल

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका–३ र सुनवर्षी नगरपालिका–१ जोड्ने डाँस खोलामा पक्की पुल निर्माण भएको छ । सम्झौता भएको चारवर्षपछि निर्माण सम्पन्न भएको पुलको कोशी प्रदेश भौतिक पूर्वाधार मन्त्री दुर्गाप्रसाद चापागाँईले बुधबार उद्घाटन गर्नु भएको हो ।
पूर्वाधार विकास कार्यालय मोरङको छ करोड ७१ लाख ७६ हजार ७९४ रुपिँया लागतमा पुल निर्माण भएपछि सुनवर्षी नगरपालिका र कानेपोखरी गाउँपालिका सिधा जोडिएको छ । वर्षामा आउने बाढीका कारण यी दुई पालिकामा आवातजावत संभव थिएन । पुल निर्माणसँगै दुई पालिकाका नागरिक आवातजावतमा सहज भएको छ ।

मन्त्री चाँपागाईसहित प्रदेश सांसदद्धय लिलाबल्भ अधिकारी र गीता तिम्सिना पुल उद्घाटन कार्यक्रममा सहभागी हुनुहुन्थ्यो । कार्की बन्धु कन्ट्रक्सन प्रा.लि. सँग २०७६ पुस १० गते सम्झौता भई २०७९ माघ २९ गतेसम्ममा निर्माण सम्पन्न गर्नुपर्ने अवधी तोकिएको थियो । पुलको सुरु ठेक्का सम्पन्न गर्नुपर्ने मिति २०७६ असाढ १० गतेलाई राखिएको थियो । पछि रकम र ठेक्का सम्झौता गर्नुपर्ने मिति नै संशोधन गरिएको थियो ।
पुल उद्धघाटन कार्यक्रममा पूर्वाधार विकास मन्त्री चापागाँईले प्रदेश सरकारले विकास निर्माणको काम द्रुत गतिमा गरिरहेको बताउनुभयो । प्रदेश सरकारको मातहतमा रहेको सिंचाईको क्षेत्रमा, खानेपानीको क्षेत्रमा, तटबन्धन, कार्यालय भवन निर्माणका क्षेत्रमा काम भईरहेको बताउनुभयो ।

सुनववर्षी नगरपालिका १ का वडाध्यक्ष विरबहादुर राईले कानेपोखरीसँग बाह्रैमास ओहोरदोहोरको सम्बन्ध जोडिएको बताउनुभयो । एक घण्टा समय खर्चेर ओहोरदोहोर गर्नुपर्ने बाध्यतालाई पुलले सहज बनाएको उहाँको भनाई छ । कानेपोखरी गाँउपालिका– ३ का गोपालबहादुर कार्कीले खोला तटबन्ध जरुरी रहेको बताउनुभयो । वडा अध्यक्षहरुले खोला एकातिर बग्ने तर पुल अर्कैतिर बनेकोले तटबन्ध गरेर पानीलाई पुलतर्फ केन्द्रीत गर्न बजेट आवश्यक रहेको भन्दै माग गरिएको थियो । सरकारी पैसामा ठेकदारसँग मिलेमतो हुँदा नागरिकले पाउनु पर्ने सुविधाबाट बन्चित हुने स्थिति आएको स्थानीयले बताए । खोलाको वहाव हेरेर पुल निर्माण नगरिएकोले वर्षामा आवातजावतमा समस्या उस्तै रहने स्थानीयको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्