विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसका ३ जना नेतालाई मन्त्रिपरिषदमा सहभागी गराएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री दाहालको सिफारिसमा कांग्रेस उपसभापति धनराज गुरुङ कानुन न्याय तथा संसदीय मामिला, मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्या र डिगबहादुर लिम्बु युवा तथा खेलकुदमन्त्री बनेका हुन् ।
गत पुस ११ गते गठित मौजुदा मन्त्रीपरिषद्मा नेपालको संविधानअनुसार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले तीनमन्त्री नियुक्त गरी कार्यभार तोकिएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।