सप्तरीमा आगो लगाइ हत्या गर्ने देवरलाई जन्मकैदको सजाय

<span class='c1'>सप्तरीमा आगो लगाइ हत्या</span> <span class='c2'>गर्ने देवरलाई जन्मकैदको सजाय</span>

राजविराज : सप्तरीमा आगो लगाइ हत्या गर्ने देवरलाई जन्मकैदको सजाय भएको छ। बोदे बर्साइन नगरपालिका–१ धनगढीकी २७ वर्षीया राजकुमारी साहलाई पेट्रोल छर्केर आगो लगाइ हत्या गरेको आरोपमा मृतकका देवर २१ वर्षीय परमेश्वर साहलाई जन्मकैदको सजाय भएको हो।

जिल्ला न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलाशले साहलाई जन्मकैद सजायको फैसलाका साथै मृतकको सन्तानलाई तीन लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला भएको सूचना अधिकारी भरतमणि पोखरेलले बताए। मृतककी आठ वर्षीय छोरा र दुई वर्षीय छोरी छन्।

अदालतले होस्टाइल भएका जाहेरवाला मृतकका श्रीमान् रबिनकुमार साहलाई समेत ५ दिन कैद र २ हजार रुपैयाँ जरिवाना गरेको छ।

आरोपित साहले २०७८ माघ २१ गते बिहान पेट्रोल छर्केर आगो लगाउँदा राजकुमारीको ज्यान गएको थियो। बोतलमा खुल्ला पेट्रोल ल्याएका परमेश्वरले खाना पकाइरहेकी भाउजुको शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। आगोमा जलेर गम्भीर घाइते भएकी राजकुमारीको उपचारका क्रममा ०७८ माघ २२ गते राति विराटनगरमा मृत्यु भएको थियो। मृतकका श्रीमान साहले माघ २६ गते इलाका प्रहरी कार्यालय कडरबोनामा उजुरी दिएका थिए।

मृतकका बुवा बोदे बर्साइन नगरपालिका ६ का बद्री साहले माघ २३ गते नै इलाका प्रहरी कार्यालय कडरबोनामा उजुरी दिएका थिए। पछि श्रीमानकै उजुरी परेपछि इलाका प्रहरी कार्यालय कडरबोनाले माघ २६ गते उजुरी दर्ता गरेको थियो।

घटनापछि फरार रहेका देवर पछि घरमै आएर बसेको अवस्थामा ०७९ जेठ १५ गते पक्राउ परेका थिए। जिल्ला अदालतको आदेशमा उनी गत असार ७ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्