ब्यानरमा कोशी प्रदेश नाम उल्लेख नगरेको भन्दै सदस्य सचिवलाई सोधियो स्पष्टीकरण

<span class='c1'>ब्यानरमा कोशी प्रदेश नाम उल्लेख नगरेको</span> <span class='c2'>भन्दै सदस्य सचिवलाई सोधियो स्पष्टीकरण</span>

विराटनगर । कोशी प्रदेशका सामाजिक विकास मन्त्रालयले प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंसराज वाग्लेलाई स्पष्टीकरण सोधेको छ ।

प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा वैशाख १४ गते देखी १६ गते सम्म दमकमा भएको प्रदेश स्तरीय मुख्यमन्त्री कप भलिबल प्रतियोगितामा कोशी प्रदेश लेखिएको ब्यानर नराखेको भन्दै मन्त्रालयले सदस्य सचिव वाग्लेलाई स्पष्टीकरण सोधेको हो ।

वैशाख १७ गते स्पष्टीकरण सोधेको मन्त्रालयले १९ गते प्रभु बैकलाई पत्राचार गर्दै सामाजिक विकास मन्त्रालयले खाता रोक्का समेत गरिदिन भनेको छ।
वाग्लेलाई तत्कालीन मुख्यमन्त्री राजेन्द्र राईले प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिव नियुक्त गरेका थिए ।

पूर्व मुख्यमन्त्री भीम आचार्यले नियुक्त गरेका पर्शुराम बस्नेतलाई हटाएर राईले वाग्लेलाई नियुक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्