मधेस सरकारले नेपाली क्रिकेटर गुल्सन, आरिफ र आसिफलाई दुई–दुई लाख दिने

<span class='c1'>मधेस सरकारले नेपाली क्रिकेटर गुल्सन, आरिफ</span> <span class='c2'>र आसिफलाई दुई–दुई लाख दिने</span>

नेपाललाई एसीसी प्रिमियर कपको उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका तीन खेलाडीलाई मधेस सरकारले दुई–दुई लाख रुपैयाँ दिने भएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मधेस गृह घर भएका राष्ट्रिय टोलीका खेलाडीहरूलाई दुई–दुई लाखको दरले प्रोत्साहनस्वरूप रकम दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता अर्थमन्त्री सञ्जय यादवले जानकारी दिए ।

उनका अनुसार गुल्सन झा, आरिफ शेख र आसिफ शेखलाई रकम दिन लागिएको हो ।

यसअघि गत चैत २ गते पनि सरकारले आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय प्रतियोगिता जित्दा यी तीनै खेलाडीलाई दुई–दुई लाख दिने घोषणा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्