पर्यटनको आकर्षण गन्तव्य बन्दै धरानको ‘चिण्डे डाँडा ’

<span class='c1'>पर्यटनको आकर्षण गन्तव्य बन्दै</span> <span class='c2'>धरानको ‘चिण्डे डाँडा ’</span>

विराटनगर । हरीयाली पहाडलाई पृष्ठभूमि बनाएर बसेको धरान-२० मा रहेको चिण्डे डाँडा पछिल्लो समय पर्यटनको आकर्षण गन्तव्य बन्दै गएको छ ।

धरानबाट उत्तर पश्चिमको ७ किमीको दूरीमा रहेको चिण्डे डाँडामा तराईमा गर्मी बढेसँगै चिसो मौसमको अनुभूति गर्नुका साथै विभिन्न स्थानबाट हाइकिङका लागि पनि पर्यटनहरु आउने गर्दछन् ।


यस ठाँउबाट आफ्नै पंख फिजाएर सुन्दरता छरिरहेको धरान बजार, सप्तकोशी नदी साथै तराईका विभिन्न भागको दृश्य नियाल्न सकिन्छ ।

गोरेटो कच्चि बाटोलाई स्तरोन्नति गरेर दुई पाङग्रे सवारी साधन पुग्न सक्ने बाटो निर्माण भएको सो स्थानलाई थप प्राथमिकतामा राखेर विकासका पूर्वाधार पुर्‍याउन सके पर्यटकीय क्षेत्रमा राम्रो सम्भावना रहको सो क्षेत्रका बासिन्दा बताउँछन् ।

चिण्डे डाँडाबाट साँझको समय धरानलाई नियाल्दा बेहुली झैँ देखिने दृष्यले मात्रै पर्यटकलाई तानेको छैन त्यहाँको भौगोलिक हिसाबले होस् या हावापानीको हिसाबले पनि आन्तरिक पर्यटकहरु पुग्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्