कोशी प्रदेशको पुन: नामकरणको माग राख्दै आन्दालेनका नयाँ कार्यक्रमहरु घोषणा

कोशी प्रदेशको पुन: नामकरणको माग राख्दै आन्दालेनका नयाँ कार्यक्रमहरु घोषणा

विराटनगर । कोशी प्रदेशको पुन: नामकरणको माग राख्दै आन्दालेनका नयाँ कार्यक्रमहरु घोषणा गरेको छ । प्रदेश १ पुनः नामकरण संयुक्त संघर्षले आइतबार काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै आन्दोलनको नयाँ कार्यक्रम घोषणा गरेको हो ।

आन्दोलनको कार्यक्रमहरुमा कोशी नाममा हस्ताक्षर गर्ने सांसदहरु र दलका शिर्ष नेताहरुका विरुद्धमा बिरोध जारी रहेको भूमिमा उनीहरुलाई बहिष्कार गर्ने उल्लेख गरिएको छ । त्यस्तै, बैैशाख २६ गते झापाको दमकमा सांकेतिक राँके जुलुस प्रदर्शन गरिने भएको छ ।
बैशाख २८ गतेदेखि प्रदेश सभाका ८२ जना सांसद र उनीहरुका शिर्ष नेता हिँड्ने बाटो, बस्ने होटल, खाने स्थानदेखि उनीहरु सहभागि हुने कार्यक्रम तथा बैठक स्थलहरुमा विरोधको कार्यक्रम गरिने किराँत राई यायोक्खाका अध्यक्ष जीवन हाताचो राईले जानकारी दिए ।

उनका अनुसार नेताहरुलाई होटलमा बस्न र कार्यक्रम गर्न हल नदिनका लागि सम्बन्धित पक्षहरुलाई अनुरोध गरिने छ । त्यस्तै, बैशाख २८ गतेदेखि जिल्लाहरुमा आमसभा, सङ्घर्ष समिति बिस्तार, तालाबन्दी, कोशी नाम हटाउने, जलाउने, मेट्ने, कालो झण्डा रोप्ने र ८२ जना सांसदलाई बहिष्कार कार्यक्रम जारी राख्ने जारी विज्ञप्तिमा उल्ल्ेख छ ।

आन्दोलनका अन्य कार्यक्रमहरुमा जेठ २ गतेदेखि ५ गतेसम्म कोशी प्रदेशका १४ वटै जिल्लाका मुख्य स्थानमा जनजागरण अभियानलाई तिब्रता दिने, जेठ दोस्रो हप्ता सङ्घर्ष समितिका केन्द्र, जिल्ला र स्थानीय निकायका सबै नेतृत्व पंक्तिको वृहत भेला आयोजना गर्ने, आन्दोलनलाई व्यवस्थित गर्न ‘पहिचानका लागि युवा’ शक्ति निर्माण गर्ने र प्रदेश सभा केन्द्रीत विशाल जनप्रदर्शनको तयारी गरिने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्