पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई प्रहरीले पक्राउ गरेको छ ।
इस्लामाबाद उच्च अदालत बाहिरबाट खानलाई प्रहरीले पक्राउ गरेको बीबीसी हिन्दीले जनाएको छ ।
दर्जनौँ प्रहरीले खानलाई घेरा हालेर गाडीमा राखेको एक भिडियोमा देखिएको छ । खानलाई एक अपराधीलाई जसरी लछारपछार गरेर पक्राउ गरेको खानको पार्टी पाकिस्तान तेहरिक ए इन्साफ (पीटीआई) ले जनाएको छ । खानलाई कुन मुद्दामा हिरासतमा लिइएको हो भन्ने जानकारी अहिलेसम्म प्राप्त भएको छैन।
गएकाे अप्रिलमा सत्ताबाट निकालिएका खानमाथि केही महिनाअघि भएकाे एउटा र्यालीमा गोली प्रहार भएकाे थियाे । उहाँले समयअघि नै चुनावकाे पक्षमा अभियान चलाउँदै आउनुभएकाे छ ।
फोटो:फाइल