प्रतिबन्ध लगाउने देशबाट बङ्गलादेशले कुनै सामान खरिद नगर्ने

प्रतिबन्ध लगाउने देशबाट बङ्गलादेशले कुनै सामान खरिद नगर्ने

बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले आफूमाथि प्रतिबन्ध लगाउने देशबाट बङ्गलादेशले कुनै पनि सामान खरिद नगर्ने बताउनुभएको छ ।

बङ्गलादेशको इन्स्टिच्युट अफ इन्जिनियर्स, बङ्गलादेश (आईईबी) को ६०औँ अधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री हसिनाले उक्त कुरा बताउनुभएको हो ।

उहाँले भन्नुभयो, “अहिले आतङ्कवाद नियन्त्रण गर्नेहरूमाथि प्रतिबन्ध लगाउने प्रवृत्ति देखिएको छ । हामीले एउटा निर्णय गरेका छौं । मैले भनेको छु कि हामी प्रतिबन्ध लगाउनेहरूबाट केही पनि किन्ने छैनौ,” प्रधानमन्त्रीले भन्नुभयो ।

हसिनाले यसअघि बङ्गलादेशको विशेष सुरक्षा बल एकाइ, ¥्यापिड एक्सन बटालियन (आरएबी) का अधिकारीहरूमाथि अमेरिकी प्रतिबन्धको निन्दा गर्दै यो कदम ‘अत्यन्त निन्दनीय कार्य’ भएको बताउनुभएको थियो ।

उहाँले दक्षिण एशियाली मुलुकले आतङ्कवाद र आतङ्कवादी प्रवृतिलाई नियन्त्रण गर्ने प्रयासमा अभिजात वर्गले ठूलो योगदान पु¥याएको बताउनुभयो ।

डिसेम्बर २०२१ मा, अमेरिकी ट्रेजरी विभाग र विदेश विभागले आरएबी र यसका सात बहालवाला र पूर्व शीर्ष अधिकारीहरूमाथि मानव अधिकार उल्लङ्घन गरेको भन्दै प्रतिबन्धको घोषणा गरेका थिए । रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्