राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समिति बैठक आजबाट सुरु हुँदै

<span class='c1'>राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समिति</span> <span class='c2'>बैठक आजबाट सुरु हुँदै</span>

राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समिति बैठक आजबाट सुरु हुँदैछ। काठमाडौंको धूम्रबाराहीमा आज बिहान ११ : ३० बजेबाट केन्द्रीय कार्यसमितिको बैठक बस्ने राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले जानकारी दिए।

बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था, निर्वाचनको समीक्षा, प्रदेश तथा जिल्लामा भएका साङ्गठनिक गतिविधिको समीक्षा गरिनेछ।
बैठकमा अध्यक्ष लिङ्देनले भावि कार्यदिशासम्बन्धी राजनीतिक प्रतिवेदन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टीको सङ्गठनको रणनीति र कार्यनीतिलगायतका प्रतिवेदन प्रस्तुत हुनेछ।

बैठकमा पेस हुने सबै प्रतिवेदनमाथि केन्द्रीय सदस्यले आफ्नो धारणा राखेपछि पार्टीको कार्ययोजनाको समीक्षा र आगामी कार्यदिशा तय हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्