सप्तरीको रुपनीमा एक युवकको हत्या

<span class='c1'>सप्तरीको रुपनीमा एक</span> <span class='c2'>युवकको हत्या</span>

सप्तरीको रुपनी गाउँपालिकामा एक युवकको हत्या भएको अवस्थामा शव फेला परेको छ।

रुपनी गाउँपालिका-१ स्थित सडक किनारको खेतमा शम्भुनाथ नगरपालिका-२ खैरबोनाका लुकमानको छोरा २० वर्षीय तफेजुलको हत्या भएको अवस्थामा शव फेला परेको सप्तरी प्रहरीले जनाएको छ।

शरीरमा निलडाम र घिसारिएको चोट, फाइटरको दाग रहेको छ। घटनास्थलबाट फाइटर र गाँजा फेला परेको छ।

स्थानीयवासीका अनुसार शनिबार मोटरसाइकल ग्यारेजमा तफेजुल र स्थानीय युवाबीच झगडा भएको थियो। झगडाको रिसइबीका कारण तनावग्रस्त अवस्था रहेको भन्दै तफेजुलका साथीले तत्काल रुपनी बजार नआउन आग्रह गर्दै म्यासेज पठाएका थिए।

हत्याको अनुसन्धानका लागि धनुषाको मिथिला नगरपालिकास्थित लालगढको केनाइन शाखाबाट मगाइएको तालिम प्राप्त कुकुरले घटनास्थलमा अनुसन्धान गरेको छ। तफेजुलको शवलाई पोष्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ।

प्रहरीले अनुसन्धानका लागि रुपनी गाउँपालिका-१ बाट ३० वर्षीय लालु यादव, २९ वर्षीय धिरेन्द्र चौधरी, २४ वर्षीय अशोक यादव र २० वर्षीय रितेश यादवलाई नियन्त्रणमा लिएको छ।

उनीहरूलाई सोधपुछका लागि जिल्ला प्रहरी कार्यालय ल्याइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले बताए।

मृतकका बुवा राजविराजदेखि काठमाडौं जाने हायस गाडीका सहचालक हुन्। स्थानीयवासीका अनुसार लुकमानका दुई छोरामध्ये जेठा छोराको वैदेशिक रोजगारका क्रममा ३ वर्ष अगाडि कतारमा मृत्यु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्