राजस्थानको आइपिएल इतिहासमा तेस्रो सर्वाधिक कम स्कोर, बैंग्लोरको फराकिलो जित

राजस्थानको आइपिएल इतिहासमा तेस्रो सर्वाधिक कम स्कोर, बैंग्लोरको फराकिलो जित

इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बैंग्लोरले राजस्थानमाथि फराकिलो जित निकालेको छ। घरेलु मैदानमा राजस्थान ५९ रनमानै समेटिन पुग्दा बैंग्लोरले रवाफिलो जित निकाल्यो। आइतबार भएको दिनको पहिलो खेलमा बैंग्लोरले राजस्थानलाई १ सय १२ रनले पराजित गर्दै प्लेअफ सम्भावना पनि कायम राख्यो।

इन्डियन प्रिमियर लिगको इतिहासमा यो तेस्रो सर्वाधिक कम स्कोरसमेत हो। दोस्रो कम स्कोरको कीर्तिमान पनि राजस्थानकै नाममा रहेको छ। राजस्थानले २००९ मा ५८ रनमा समेटिएको इतिहास रहेको छ। त्यो बेला पनि बैंग्लोरसँगै राजस्थान कम स्कोरमा समेटिएको थयो। लिगको सर्वाधिक कम स्कोरको कीर्तिमान भने आरसिबीको नाममा रहेको छ। आरसिबी कोलकाताविरुद्ध २०१७ मा ४९ रनमा समेटिएको थियो।

आरसिबी फराकिलो जितसँगै पाँचौं नम्बरमा उक्लिएको छ। जारी आइपिएलमा १२ खेलमा छैटौं जितसहित १२ अङ्क बनाएको हो। लगातार दुई हारपछि बेंगलोरले पहिलो जितसमेत आत्मसाथ गर्‍यो। राजस्थान हारसँगै बैंग्लोर समान १२ अंक भए पनि छैटौं स्थानमा रहेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको बैंग्लोरले निर्धारित २० ओभरमा २० ओभरमा ५ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो। बैंग्लोरका लागि फाफ डुप्लेसीसले ५५ रन बनाउँदा ग्लेन म्याक्सवेलले ५४ रन बनाएका थिए। त्यस्तै, विराट कोहलीले १८ रन बनाउँदा अनुज रावतले २९ रनको नटआटउ इनिङ खेलेका थिए।

१ सय ७२ रनको लक्ष्य पछ्याएको राजस्थान भने बैंग्लोरका बलरसामु निरीह रह्यो। राजस्थान १०.३ ओभरमा ५९ रनमानै समेटिएको थियो। राजस्थानका लागि सिम्रन हेटमेयरले ३५ रन बनाउनु सर्वाधिक रह्यो। उनी बाहेक थप दोहोरो रनको स्कोरका रुपमा जो रुटको १० रन रहेका थिए।

राजस्थानलाई सस्तैमा समेट्ने क्रममा वानी पर्नेलले ३ विकेट लिँदा मिचेल ब्रेसवेल र कर्न शर्माले २–२ विकेट लिए। त्यस्तै, मोहम्मद सिराजले १ विकेट लिँदा म्याक्सवेलले अर्को १ विकेट लिएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्