हराएको भ्रम फैलाई झुक्याउने झापाका पूर्ण सुहाङ पक्राउ

हराएको भ्रम फैलाई झुक्याउने झापाका पूर्ण सुहाङ पक्राउ

विराटनगर । हराएको भ्रम फैलाई झुक्याउने झापा बुद्धशान्ति ४ का पूर्ण भन्ने शेरबहादुर सुहाङ पक्राउ परेका छन् ।

उनको साथमा भ्रम फैलाउन मिलेमत्तो गर्ने सोही ठाउँका ३९ वर्षीय प्रेम भन्ने फूलबहादुर गौतम दजीलार्ई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । गत बैशाख ३१ गते साँझ ५ः४० बजेको समयमा बुद्धशान्ति ३ स्थित बालुवाटार चौकमा नेपाल तरुण दल बुद्धशान्तिका सभापति करण लाबुङको नेतृत्वमा करिव सय जनाको संख्यामा भेला भई भ्रष्टाचारविरुद्धको विरोध कार्यक्रम भएको थियो ।

उक्त कार्यक्रम सम्पन्न भएपछि सुहाङले फेसबुकमा उक्त भ्रष्टाचारविरुद्धको विरोध कार्यक्रमका आयोजकहरुलाई आघात पुग्ने गरी स्टाटस लेखी सेयर गर्दा नेपाल तरुण दल बुद्धशान्तिका केही मानिससंग विवाद भएपछि आफूलाई बेपत्ता बनाएको भ्रम फैलाएका थिए । खोजतलासका लागि उनका आफन्तहरुले ईलाका प्रहरी कार्यालय धुलाबारीमा जेठ १ गते हुलियासहित निवेदन दिएका थिए । त्यसपछि जेठ २ गते संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको लेटरप्याडमा लिम्बुवान भोलेन्टियर्स (एलभी) ईन्चार्ज सुहाङलाई सकुशल अपहरणमुक्त गरी दोषीलाई कडा कार्वाही गरियोस् भन्ने ब्यहोराको प्रेस विज्ञप्तिसमेत जारी गरिएको थियो ।

त्यसरी प्रहरी प्रशासनलाई दबाब दिइएपछि प्रहरीले घटना सम्बन्धमा तालिमप्राप्त कुकुर समेतको प्रयोग गरी बैज्ञानिक अनुसन्धान शुरु गरेको थियो । त्यसक्रममा सोही ठाउँ बस्ने सुहाङकै साथी दर्जीसंगको मिलेमत्तोमा बुद्धशान्ति ७ पैनीबगरमा आफूले लगाएको टि-सर्ट च्यातेर, घडी समेत चुडाई फाली भ्रम सिर्जना गरी सम्पर्कबिहीन भएको अनुसन्धानबाट खुल्न आएको थियो ।

बुधबार जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले स्थानीयसमेतको सहयोगमा इलाम रोङ गाउँपालिका वडा नम्बर ४ स्थित बिरिङ खोलाको पुलमुनिबाट सुहाङलाई फेला पारी नियन्त्रणमा लिएको हो । सुहाङ र दर्जीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डीएसपी खगेन्द्र रिजालले बताए ।

यो पनि पढ्नुहोस् : https://ourbiratnagar.net/2023/05/223668

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्