शरणार्थीलाई अमेरिकी डलर नदिने युएनको घोषणा

<span class='c1'>शरणार्थीलाई अमेरिकी डलर</span> <span class='c2'>नदिने युएनको घोषणा</span>

संयुक्त राष्ट्रसङ्घ (युएन)ले लेबनानमा रहेका सिरियाली शरणार्थीलाई अमेरिकी डलरमा नगद सहायता नदिने घोषणा गरेको छ ।

आगामी महिनाको नगद सहायता अमेरिकी डलरमा नदिने निर्णय भएको युएनले जनाएको छ । यद्यपि उक्त निर्णय अस्थायी हो ।

राष्ट्रसङ्घले लेबनानमा शरण लिइरहेका शरणार्थीलाई नगद सहायता दिने उपयुक्त ढाँचाका सम्बन्धमा लेबनानी अधिकारीहरूसँग छलफल भइरहेको बताएको छ । लेबनानका कार्यवाहक सामाजिक मामिला मन्त्री हेक्टर हज्जरले शुक्रबार सिरियाली शरणार्थीहरूलाई अमेरिकी डलरमा सहायता दिन अस्वीकार गरेपछि युनएनले यस्तो निर्णय गरेको हो ।

लेबनानी अधिकारीले सिरियाली शरणार्थीलाई उनीहरूको मातृभूमिमा सुरक्षित फिर्ताको लागि काम गरिरहेका बताउँदै मन्त्री हज्जरले अन्तर्राष्ट्रिय समुदायलाई प्रयासमा सहयोग गर्न आग्रह गरेको छ ।

करिब २० लाख सिरियाली शरणार्थीले लेवनानमा शरण लिएका अनुमान छ । रासस /सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्