नेपाली राष्टिय क्रिकेट टिमको घोषणा, विराटनगरका ललित पनि सामेल

नेपाली राष्टिय क्रिकेट टिमको घोषणा, विराटनगरका ललित पनि सामेल

अर्को महिना जिम्बाबेमा हुने विश्वकप छनोटका लागि मुख्य प्रशिक्षक मोन्टी देसाइले नेपाली राष्टिय क्रिकेट टिमको घोषणा गरेका छन्।

आईतबार नेपाल क्रिकेट संघ क्यानले १६ सदसीय विश्वकप छना्ट खेल्ने टिमको घोषणा गरेको हो। गत चैतमा घरेलु मैदानमा सम्पन्न लिग २ शृंखलामा उत्कृष्ट प्रदर्शन गरेको नेपाल शीर्ष तीनमा अटाउँदै साझै विश्वकप छनोटमा स्थान बनाएको थियो।

जुन १८ देनि जुलाई ९ सम्म जिम्बाबेमा हुने विश्वकप छनोटको तयारीका लागि नेपाली टिम केही दिनमा दक्षिण अफ्रिका तयारीका लागि जाँदैछ। उतैबाट विश्वकप छनोट खेल्न प्रस्थान गर्नेछ। आईसीसीले गत मंगलबार सार्वजनिक गरेको तालिकाअनुसार समूह ’ए’ मा रहेको नेपालले जुन १८ मा घरेलु टिम जिम्बाबेमा विरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ।

यस्तै, जुन २० मा नेपालले अमेरिकासँग, जुन २२ मा वेस्ट इन्डिजसँग र जुन २४ मा नेदरल्यान्ड्ससँग समूह चरणको अन्तिम खेल खेल्नेछ। नेपालले छ्नोटअघि जिम्बावेमै दुई वार्म अप म्याच पनि खेल्ने भएको छ।

नेपालले पहिलो वार्म अप म्याचमा युनाइटेड अरन इमिरेट्स (यूएई) सँग जुन १३ मा र दोस्रो खेल जुन १५ मा ओमानविरुद्ध खेल्नेछ।

प्रतियोगिताम कुल १० टिमले भारतमा हुने एकदिवसीय विश्वकपमा स्थान बनाउन प्रतिस्पर्धा गर्नेछन्। सहभागी १० टिमलाई दुई समूहमा विभाजन गरिएको छ।

समूह ’ए’ मा नेपाल, वेस्ट इन्डिज, अमेरिका, नेदरल्यान्ड्स र जिम्बाब्वे छन्। समूह ’बी’मा आयरल्यान्ड, ओमान, स्कटल्याण्ड, श्रीलंका र युनाइटेड अरब इमिरेट्स (यूएई) छन्। प्रत्येक समूहबाट शीर्ष तीन टिमले सुपर सिक्सम स्थान बनाउनेछन्। प्रतियोगिबाट दुई टिमले विश्वकप स्थान बनाउनेछन्।

विश्वकप खेल्ने नेपाली टिमः 

रोहित पौडेल(कप्तान), कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भिम सार्की, प्रतिश जिसी, ललित राजवंशी, अर्जुन साउद र किशोर महत्तो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्