बङ्गलादेशमा नागरिकको औसत आयु ७२.४ वर्ष

बङ्गलादेशमा नागरिकको औसत आयु ७२.४ वर्ष

बङ्गलादेशको तथ्याङ्क विभागले सन् २०२२ मा बङ्गलादेशको औसत आयु ७२.४ वर्ष पुगेको जानकारी गराएको छ ।

विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०२१ मा यो सङ्ख्या ७२.३ वर्ष रहेकोमा केही बढी भएको सरकारी निकायले मङ्गलबार आफ्नो बङ्गलादेश नमूना महत्वपूर्ण तथ्याङ्क २०२२ प्रतिवेदनमा उल्लेख गरेको छ ।

प्रतिवेदनअनुसार सन् २०२१ मा ७०.६ वर्षको तुलनामा सन् २०२२ मा पुरुषको औसत आयु ७०.८ वर्ष पुगेको छ । महिलाको औसत आयु सन् २०२१ मा ७४.१ वर्ष रहेकोमा सन् २०२२ मा बढेर ७४.२ वर्ष पुगेको छ ।

सन् २०२२ मा देशको समग्र शिशु मृत्युदर भने बढेको छ । सन् २०२१ मा पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर प्रति हजारमा २८ रहेकोमा सन् २०२२ मा बढेर ३१ पुगेको छ । यसका साथै एक वर्षमुनिका बालबालिकाको मृत्युदर पनि बढेको छ ।

कोभिड–१९ महामारीले विगत दशकमा यस क्षेत्रमा हासिल गरेका केही उपलब्धिलाई नास गरेको प्रतिवेदनमा उल्लेख छ । रासस/सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्