गजल २१०

गजल २१०

-कविता केशरी
वियोगी कहानी छ उनको र मेरो।
भिजेको सिरानी छ उनको र मेरो।

परेली उघारी नहेरे कसैले
दुखेसो र पानी छ उनको र मेरो।

न वर्षा छ आँघी नकाली घटा छ
मनैमा तुफानी छ उनको र मेरो।

नसम्झी कुनै दिन बितेको कहाँ छ
बसेको कुबानी छ उनको र मेरो।

छ घुर्रो अडेको समातेर नेती
बिचैमा मदानी छ उनको र मेरो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्