जापानले दक्षिण कोरियालाई व्यापारको ‘सेतो सूची’मा राख्ने

<span class='c1'>जापानले दक्षिण कोरियालाई व्यापारको</span> <span class='c2'>‘सेतो सूची’मा राख्ने</span>

जापानले आगामी जुलाईदेखि दक्षिण कोरियालाई विश्वसनीय व्यापार साझेदारहरूको सूचीमा पुनर्स्थापित गर्दैछ । सरकारले ऐतिहासिक जबरजस्ती श्रमको विवादमा सन् २०१९ मा सो सूचीबाट हटाउँन गरेको पुरानो निर्णयलाई उल्टाउँदै मङ्गलबार यस बारे जानकारी दिएको छ ।

यस वर्षको शुरुमा सियोलले जापानलाई आफ्नो व्यापार "सेतो सूची" मा पुनःस्थापना गर्ने यो कदमले छिमेकीहरूबीचको सम्बन्धलाई थप न्यानो पार्ने प्रयासको पछिल्लो कदमको रूपमा लिएको छ । दक्षिण कोरियासँगको व्यापारले जुलाई २१ देखि फास्ट ट्र्याक स्वीकृति प्रक्रियाको उपयोग गर्न सक्ने टोकियोको व्यापार मन्त्रालयले जनाएको छ । सन् १९१० देखि १९४५ सम्म कोरियाली प्रायद्वीपमा जापानले गरेको क्रूर कब्जाको तीतो सम्झनाका कारण दुई अमेरिकी सहयोगीहरूबीचको सम्बन्ध लामो समयदेखि चिसिएको छ।

सन् २०१८ मा दक्षिण कोरियाको सर्वोच्च अदालतले जापानी फर्महरूलाई जबरजस्ती श्रमका युद्धका पीडितहरूलाई क्षतिपूर्ति दिन आदेश दिएको थियो । जसको कारण जस्तालाई त्यस्तै (टिट-फर-ट्याट) आर्थिक नीति लिएको थियो । तर गत वर्ष दक्षिण कोरियाका राष्ट्रपति युन सुक येओल सत्तामा आएदेखि उहाँले उत्तर कोरियाको उक्त धम्कीलाई मध्यनजर गर्दै जापानसँगको सम्बन्धलाई द्रुत गतिमा सुदृढ पार्ने काम गर्दे आउँनु भएको छ ।
मार्चमा युनले टोकियोबाट प्रत्यक्ष संलग्नताविना पीडितहरूलाई क्षतिपूर्ति दिने योजनाको शुरु गर्नु भएको थियो जुन घरेलु रूपमा अलोकप्रिय थियो तर जापानसँगको सम्बन्ध सुधार गर्न भने यसले मद्दत गरेको थियो ।

त्यसबेलादेखि युन र जापानी प्रधानमन्त्री फुमियो किशिदाले अप्रिलमा युनसँग टोकियो र गत महिना किशिदाले सियोलको यात्रा गर्दै नियमित उच्चस्तरीय वार्ता पुनः शुरु गर्दै सम्बन्धलाई सुमधुर बनाउँने दिशामा अगाडि बढ्नु भएको छ ।

जापानले पनि यस वर्ष दक्षिण कोरियाको लागि निर्धारित अर्धचालकहरूको लागि आवश्यक सामग्री निर्यातमा लिएको नियन्त्राणत्मक नीति हटाएको छ । त्यसैगरी सियोलले पनि जापान विरुद्ध डब्ल्युटीओमा गर्दै आएको गुनासो अन्त्य गरेको र सैन्य खुफिया-साझेदारी सम्झौतालाई सामान्य बनाउन अगाडि सरेको छ। रासस/एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्