पाँचथरको हेवा खोलाको पुल बाढीले बगाएपछि ताप्लेजुङमा समस्या भएको छ । असार ३ गतेको बाढीले बगाएको मेची राजमार्ग अन्तर्गतको मोटरेबल पुल अझै बनाइएको छैन । ह्युमपाइप लगाएर एक दिन डाइभर्सनमार्फत केही घन्टा यातायात खुले पनि नियमित नभएका कारण सामान आयात निर्यात हुन सकेको छैन । जिल्लामा ग्यास, डिजेल लगायतका वस्तुको समस्या जटिल छ । यहाँका बिभिन्न होटेल पनि बन्द भएका छन् ।
निर्माणका काम सकेर असार २४ गतेसम्ममा भुत्तानी लिनुपर्ने भएपनि डिजेल नभएकाले कतिपय निर्माणका काम प्रभावित भएका छन् ।
उद्योग वाणिज्य संघका अध्यक्ष नारान थापाले सिलिन्ड ग्यस, तेल, चिनी लगायतका वस्तुको अभाव भइसकेको बताए।