विराटनगर । कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनको आव्हान गरेका छन् ।
उनले नेपालको संविधानको धारा १६८ को उपधारा (२) अन्तर्गत दुई वा दुई भन्दा बढी दलको नेतृत्वमा सरकार गठनको आव्हान गरेका हुन् ।
खापुङले नयाँ सरकार गठनका लागि चार दिनको अर्थात् असार २१ गते बेलुकी ५ बजेसम्मको समय दिएका छन् ।
प्रदेशमा हिक्मतकुमार कार्की नेतृत्वको सरकार गत शुक्रबार ढलेको थियो । त्यसपछि कानूनी परामर्शमा रहेका प्रदेश प्रमुख खापुङले सरकार गठनको आव्हान गरेका हुन् । यसअघि एमालेले संविधानको धारा १६८ को उपधारा (२) को प्रयोग भइसकेको भन्दै सोही धाराको उपधारा (३) अनुसार ठूलो दलको नेतृत्वमा सरकार गठनको आव्हान हुनुपर्ने दाबी गर्दै आएको थियो ।
प्रदेश प्रमुख खापुङलाई नेपाल सरकार महान्यायाधिवक्ताको कार्यालयले पनि संविधानको धारा १६८ को उपधारा २ अनुसार नै सरकार गठन गर्न राय सुझाव दिएको थियो ।