काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कोशी प्रदेशको नामकरणबाट पछि नहट्ने बताउनुभएको छ ।
सङ्घीय संसद् भवनमा आज पत्रकारहरूसँग कुरा गर्दै उहाँले प्रदेशको नामकरण दुई तिहाइले पास गरेकाले अरु दल भागे पनि आफ्नो दल नभाग्ने बताउनुभयो ।
“हामी कोशी प्रदेशमा ४० को सङ्ख्यामा रहेका छौँ । बयासी प्रदेशसभा सदस्यले पास गरेर नामकरण गरिएको हो”, उहाँले भन्नुभयो, “हामी नामकरणबाट भाग्दैनौँ ।” गत फागुनमा प्रदेश नं १ को नाम कोशी राखिएको थियो । रासस
फोटो:फाइल