भारतको हरियाणा राज्यमा अविवाहित र विधुर पुरुषलाई पेन्सन दिइने

<span class='c1'>भारतको हरियाणा राज्यमा अविवाहित र</span> <span class='c2'>विधुर पुरुषलाई पेन्सन दिइने</span>

भारतको हरियाणा राज्य सरकारले वृद्धावस्था र विधवा पेन्सन जस्तै अविवाहित निवृत्तिभरणको पनि व्यवस्था गर्ने भएको छ । हरियाणा सरकारले अविवाहित र विधुर अर्थात श्रीमतीको मृत्यु भएका पुरुषहरूलाई पेन्सन दिने घोषणा गरेको हो ।

हरियाणा सरकारले प्रत्येक लाभार्थीलाई दुई हजार ७५० भारतीय रुपैयाँ दिनेछ । तर यो पैसा प्राप्त गर्न व्यक्तिले केही आधारभूत सर्तहरू भने पूरा गर्नुपर्छ । यस्तो पेन्सन सुरु गर्ने घोषणा गर्ने हरियाणा पहिलो राज्य हो ।

चाखलाग्दो कुरा के छ भने राज्यका मुख्यमन्त्री मनोहर लाल खट्टर र गृहमन्त्री अनिल विज आफै अविवाहित छन् ।

घोषणा मात्रै होइन, हरियाणाका मुख्यमन्त्री मनोहर लाल खट्टरले लाभार्थीलाई पेन्सन दिने पूर्ण तयारी गरेका छन् ।

कर्णाल जिल्लामा जुलाई ६ मा पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री मनोहरलाल खट्टरले भनेका थिए, “पुरुष होस् वा महिला, ४५ देखि ६० वर्षसम्मका अविवाहितले मासिक रु दुई हजार ७५० पाउनेछन् । तर उनको आम्दानी एक लाख ८० हजार रुपैयाँसम्म मात्र हुनुपर्नेछ ।”

उनले थने, “श्रीमतीको मृत्यु भई तीन लाख रुपैयाँसम्म आम्दानी भएको र ४० देखि ६० वर्ष उमेर पुगेका पुरुषले हाल दुई हजार ७५० रुपैयाँ पेन्सन पाउनेछन् ।”

हरियाणा सरकारले राज्यमा ४५ वर्षभन्दा माथिका कति अविवाहित र कति विधवा ४० वर्षभन्दा माथि छन् भन्ने पनि पत्ता लगाएको छ । हरियाणाका मुख्यमन्त्रीले राज्यमा यस्ता अविवाहितको संख्या ६५ हजार र विदुरको संख्या पाँच हजार ६८७ रहेको बताए ।

उनका अनुसार यो पेन्सन योजनामा ​​हरेक महिना करिब २० करोड रुपैयाँ र वार्षिक २४० करोड रुपैयाँ खर्च हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्