एशेज शृङ्खलाकाे तेस्राे टेस्टमा इङ्ग्ल्यान्डको राेमाञ्चक जित

<span class='c1'>एशेज शृङ्खलाकाे तेस्राे टेस्टमा</span> <span class='c2'>इङ्ग्ल्यान्डको राेमाञ्चक जित</span>

एशेज शृङ्खलाकाे तेस्राे टेस्टमा इङ्ग्ल्यान्डले राेमाञ्चक जित निकालेकाे छ । अस्ट्रेलियालाई ३ विकेटले हराउँदै इङ्ग्ल्यान्डले तेस्राे टेस्ट जितेकाे हाे ।

अस्ट्रेलियाले दिएकाे २ सय ५१ रनकाे लक्ष्य इङ्ग्ल्यान्डले चाैथाे दिनकाे खाना समयपछि ७ विकेट गुमाएर भेटायाे । इङ्ग्ल्यान्डका लागि ह्यारी ब्रूकले सर्वाधिक ७५ रन बनाए । यस्तै ज्याक क्रलीले ४४ र क्रिस वक्सले नटआउट ३२ रन बनाए । बलिङतर्फ अस्ट्रेलियाका मिचेल स्टार्कले ५ विकेट लिए ।

त्यसअघि लिड्समा टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे अस्ट्रेलियाले पहिलो पारीमा २ सय ६३ रन बनाएकाे थियाे । इङ्ग्ल्यान्डले भने पहिलाे पारीमा २ सय ३७ रन बनाएकाे थियाे ।

याेसँगै इङ्ग्ल्यान्डले पाँच खेलकाे शृङ्खलामा पुनरागमन गरेकाे छ । पहिलाे र दाेस्राे टेस्ट जितेकाे अस्ट्रेलिया शृङ्खलमा २–१ ले अघि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्