रेबिज रोग र यसबाट बच्ने उपायहरु 

<span class='c1'>रेबिज रोग र</span> <span class='c2'>यसबाट बच्ने उपायहरु </span>

रेबिज रोग एक जोनोटिक रोग(पशुबाट मानिसमा र मानिसबाट पशुमा लाग्ने रोग) हो । रेबिज रोग Rhabdoviridae family मा पर्ने  Lyssa virus ले गर्दा लाग्दछ । Lyssa virus  ले स्नायु प्रणालीमा असर गर्दछ । एक पटक लक्षण देखा परेपछि निको हुने सम्भावना शुन्य बराबर हुन्छ त्यसैले यस रोगलाई घातक रोग ( fatal disease) पनि भनिन्छ । रेबिज रोग तातो रगत (warm blooded) भएका सबै स्तनधारी जनावर र मानिसमा लाग्ने रोग हो। ९९% रेबिज रोग घरपालुवा कुकुरको टोकाबाट मानिसमा सर्ने र ५ देखि १४ वर्ष सम्मका बालबालिकाहरू बढी जोखिममा रहेको WHO को तथ्यांकले देखाएको छ । धेरै जसो विकसित देशहरूमा रेबिज रोग उन्मूलन भईसकेका छन तर अफ्रिकन र एशियन राष्ट्रहरूमा रेबिज रोगको प्रकोप दिनानुदिन बढ्दै गइरहेको छ । नेपाल सरकार र WHO को संयुक्त प्रयासमा सन् २०३० मा नेपाललाई Rabies free country घोषणा गर्ने योजना रहेको छ ।  

 रोग सर्ने तरिकाहरू( transmission); 

रेबिज रोग मुख्यतया संक्रमित जनावरको टोकाइबाट लाग्ने गर्दछ। संक्रमित जनावरको प्रत्यक्ष सम्पर्क ले पनि यो  रोग सर्ने गर्दछ। संक्रामित पशुको र्याल( saliva) स्वास्थ मानिस वा पशुको घाउमा, आँखामा, नाकमा , मुखमा पर्न गएमा समेत यो रोग लाग्ने WHO ले जनाएको छ। रेबिज रोग लागेको पशुले मानिसलाई टोकेमा  रेबिज रोगको लक्षणहरू १५ दिन देखि २० वर्ष सम्म मा देखिने गरेको पाइएको छ ।  

 Lyssa भाइरस के हुँदा वातावरण मा  inactive हुन्छ? 

Lyssa भाइरस मुख्यतया संक्रमित जनावरको र्याल( saliva) मा हुने गर्दछ । र्याल ( saliva) घाममा ( sunlight exposure) भएको कहीं समयमा यो भाइरस निष्क्रिय हुन्छ भने laboratory मा यो भाइरस ६० Degree Celsius तापक्रममा १५ मिनेट राख्यो भने भाइरस निष्क्रिय हुन्छ ।  

 रोगका लक्षणहरू ( symptoms) 

रेबिज रोगले मुख्यतया स्नायु प्रणालीमा असर गर्दछ र त्यही अनुसारको लक्षणहरू देखा पर्ने गर्दछ । रेबिज मुख्यतया २ वटा Form मा देखा पर्दछ १) furious form , २) dump form/ paralytic form । 

सुरुवातमा रेबिज को लक्षणहरू फ्लु सँग मिल्ने खालका हुन्छन् जस्तै ज्वरो आउने, टाउको दुखने,  शरीर कमजोर भयको महसुस हुने गर्दछ । Virus को संक्रमण बढ्दै जाँदा मानिसले असमान्य व्यवहार देखाउने, पानीदेखि डराउने( hydrophobia) , light सँग डराउने ( photophobia) , मुखबाट र्याल काड्ने ( salivation) , मुखका मांसपेशिहरु paralysis हुन्छ जसले गर्दा मानिसले केही कुरा खाना सक्दैन र अन्त्यमा मानिसको निधन हुने गर्दछ । 

सुरुवातमा पशुहरू चञ्चल हुने, मालिकलाई नटेर्ने, अगाडि आएको वस्तुहरूलाई टोक्ने, रिसाउने गर्दछन्। Virus को संक्रमण बढ्दै गएपछि अनौठो किसिमले भुक्ने वा कराउने( abnormal vocalization ) , पानीदेखि डराउने( Hydrophobia) , light देखि डराउने ( photophobia) , र्याल काड्ने, मुखका मांसपेशिहरु paralysis हुन्छ जसले गर्दा मुख बन्द गर्न सक्दैन । रेबिज रोगको लक्षणहरू देखा परेको १५ दिन भित्र पशुको निधन हुन्छ । 

 रोगको उपचार( treatment) 

रोगको लक्षणहरू देखा परे पछि रेबिज रोगको कुनै उपचार छैन। सङ्क्रमित पशुले टोकेर घाउ भयको ठाउँलाई साबुन पानीले सफा गर्ने र तुरुन्तै नजिकको स्वास्थ चौकीमा गई Rabies vaccine लगाएमा रेबिज रोगबाट बच्न सकिन्छ । 

 कुकुर वा अन्य  जंगली जनावरले टोकेमा वा चिथोरेमा  के गर्ने ? 

३)Vaccine लगाउने ( post exposure prophylaxis) 

 रेबिज रोगबाट बच्न के गर्ने ? 

लेखक बंगलादेश एग्रिकल्चर यूनिभरसिटीका डिभिएम अध्ययनत विद्यार्थी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्