थाईल्याण्डका प्रधानमन्त्री चान–ओ–चालद्वारा राजनीतिक जीवनबाट सन्यासकाे घोषणा

<span class='c1'>थाईल्याण्डका प्रधानमन्त्री चान–ओ–चालद्वारा राजनीतिक</span> <span class='c2'>जीवनबाट सन्यासकाे घोषणा</span>

थाईल्याण्डका प्रधानमन्त्री प्रयुत चान–ओ–चालले राजनीतिक जीवनबाट सन्यासको घोषणा गर्नुभएको छ । यद्यपि उहाँले नयाँ सरकार गठन नभएसम्म प्रधानमन्त्रीका रूपमा काम गर्ने बताउनुभएको छ ।

युनाइटेड थाई नेसन (यूटीएन) दलको आधिकारिक फेसबुक पेजमार्फत उहाँले एक विज्ञप्ति निकालेर अब यूटीएनको सदस्यबाट राजीनामा दिएर राजनीतिक जीवन त्याग गरेको घोषणा गर्नुभएको हो । उहाँले देश, धर्म र राजतन्त्रका संस्थाहरूको रक्षा गर्न आग्रह पनि गर्नुभएको समाचार संस्था एएफपीले जनाएको छ ।

थाई संसद्मा नयाँ प्रधानमन्त्रीका लागि मतदान हुनु केही दिन अघि वर्तमान प्रधानमन्त्रीको सन्यास घोषणा भएको हो ।

आठ वर्षअघि सत्ता कब्जा गरेका सेना प्रमुख प्रयुत चानले थाई राजनीतिमा लामो समयदेखि चलिरहेको द्वन्द्वको फाइदा उठाउँदै अत्यधिक विवादास्पद सन् २०१९ को चुनावलाई नियन्त्रणसँगै सुदृढ पार्ने प्रयास गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्