सफलता र असफलताका यात्राहरुमासँगै सहयात्री बनेकी सीता

सफलता र असफलताका यात्राहरुमासँगै सहयात्री बनेकी सीता

सुजता लिम्बू
विराटनगर । भनिन्छ हरेक सफल पुरुषको पछाडी नारीको दर्बिलो साथ हुन्छ । यही भनाईको एक उदाहरणीय पात्रकोरुपमा सीता दाहाल हुन भन्दा फरक नपर्दो हो ।

श्रीमान व्यवस्था परिवर्तनका लागि विद्रोहको मार्गमा हिँड्दै गर्दा मार्ग निर्देशन गर्ने भूमिकामा उनै सीताको ठूलो योगदान रहेको किस्साहरु सुन्नमा पाइन्छ र किताबका पानामासमेत दस्तावेजिकरण गरिएको छ । श्रीमान, परिवार सम्हाल्दै र समेट्दै कम्युनिष्ट आन्दोलनमा जीवन समर्पित गर्दै श्रीमानको सहयात्री मात्रै नभएर १० वर्षे जनयुद्धको अभिभावक बनेकी सीता दाहाल सँधैका लागि अस्ताएकी छिन् ।

गणतन्त्र स्थापनामा महत्वपूर्ण योगदान दिने एक सफल क्रान्तिकारी नारी अस्ताउदै गर्दा अब भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जीवनमा भौतिक रुपमा सीताको कहिल्यै उदय हुने छैन । त्यसो त युद्धको समयमा प्रचण्ड सुप्रिमो रहँदा सीता दाहाल सुप्रीमोको पनि सुप्रीमो थिइन् । यो सीतासँग समिलित दस्तावेजिकरणहरुले बताउछ नै प्रधानमन्त्री प्रचण्डको कमाण्डमा रहेर काम गरेका योद्धाहरुबाट पनि उनको बारेमा किस्साहरु सुन्न पाइन्छ । त्यसो त सीताले पुष्पकमल दाहाललाई प्रचण्ड मात्रै बनाइनन् उनले एउटा शिक्षकलाई सिंगो देशको प्रधानमन्त्री बनाउन सफल बनिन् ।

भूमिगत रहँदा श्रीमानसँगै भूमिगत जीवन व्यतित गरेकी सीता श्रीमान सार्वजनिक हुँदा आफू पनि सार्वजनिक भएकी थिइन् । जीवनको हरेक क्षण सुखदुख, हार जीत, सफलता र असफलताका यात्राहरुमा सँगै सहयात्री बनेकी उनी प्रधानमन्त्री प्रचण्डको यात्रामा अब भने सीताको भौतिक शरिर भेटिने छैन । भेटिने छ त केबल उनले देखाएको बाटो र दिएको साथ सम्झानाको क्यानभासमा कोरिएको चित्र झैँ ।

जीवनमा प्रीय पात्र अर्थात जेठी छोरी र एक मात्रै छोरा गुमाएर गहिरो चोट बोकेर हिँडेका दाहाल अन्ततः जीवनको हरेक कष्टकर यात्रामा सहयात्री बनेकी जीवनसंगीनी गुमाउनुको पीडा बोहोर्नुपरेको छ । प्रीय पात्र गुमाउदाका पीडालाई मौनता भित्र गुम्साएर राजनीतिक यात्रामा कहिल्यै कम्जोर नभएका प्रचण्डलाई अब दुई सन्तान रेणु दाहाल र गँगा दाहालले दर्बिलो साथ दिउन् ।

साथै, देशको राजनीतिक व्यवस्था र अवस्था परिवर्तनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेकी सीता दाहाल प्रति भावपूर्ण श्रद्धान्जली ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्