दक्षिण कोरियामा भारी वर्षाका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा २२ जनाको मृत्यु हुनुका साथै १४ जना बेपत्ता भएको अधिकारीहरूले शनिबार जानकारी दिएका छन् ।
दक्षिण कोरिया आफ्नो ग्रीष्मकालीन मनसुनको मौसमको चरमोत्कर्षमा छ र विगत तीन दिनदेखि भारी वर्षा भइरहेको छ । बर्षाका कारण व्यापक बाढी र पहिरो निम्त्याएको छ ।
भारी बर्षाका कारण यहाँको एक प्रमुख बाँधको माथिल्लो भागमा पानीको सतह चढेको छ ।
गृह मन्त्रालयले दिएको जानकारीअनुसार भारी वर्षाका कारण २२ जनाको मृत्यु भएको छ भने अन्य १४ जना हराइरहेका छन् ।
बाढीका कारण मृत्यु हुने १६ जना र बेपत्ता नौ जनासहित अधिकांश उत्तरी ग्योङसाङ प्रान्तका बासिन्दा रहेका छन् ।
यहाँ मुख्य कारण पहाडी क्षेत्रमा आएको ठूलो पहिरोका कारण घरभित्र रहेका मानिसहरू पुरिएका छन् ।
योन्हाप समाचार संस्थालाई एक आपतकालीन उद्धारकर्ताले बताएअनुसार अति प्रभावित क्षेत्रमा घरहरू सग्लै बगेका थिए ।”
गोसान बाँधमा पानीको बहाव बढ्न थालेपछि गोसान काउन्टीका छ हजार ४०० भन्दा बढी बासिन्दालाई शनिबार बिहानै खाली गर्न आदेश दिइएको गृह मन्त्रालयले जनाएको छ ।
उत्तरी ग्योङसाङ प्रान्तमा बर्षा र बाढीका कारण बेपत्ता भएकामध्ये अधिकांशलाई नदीले बगाएको मन्त्रालयले जनाएको छ । रासस/एएफपी