-सबिना श्रेष्ठ
कालो अँघार टक टक्याएर खान नखोज अघोरी जल्न दे
भो पर्दैन अंगालेर साहेता गर्न जिउदो लासहो ढल्न दे!
केका लागि जजभएर पक्षपात गर्दैछन् यी मानव जातले
श्रद्धाञ्जलीको दियो हो निभ्न नदि छेकेर टपरिले बल्न दे!
तैले दिएको घाउ चोट ठुलो छ हेर एकपटक कात्रो खोलेर
घिउ चिनी र मट्टीतेल छर्दै बालेको आगो नछोईकन गल्न दे!
पटक पटक घच्घच्याएर किन बिउझाउन खोज्दैछस?
सतिले सरापेको देश हो सबै एकपटक वृतान्त ओकल्न दे!
तेरा तिनै थुतुनाले ओकलेका कुरा सम्झी फेरिपनी
तेहि चिताको रापले तनक्क तन्किदै अन्तिम पल्ट चल्न दे!!