-बसुन्धरा चौहान 'सुनिता'
पीडा माथी चोट दिन्छ्न् स्वार्थी यो जमाना भयो
आँसु झर्दा नरित्तिने रहेछ आँसु खजाना भयो
मान्छेको शरीर मेसिन जस्तै छ मान्छेले चलाउँछ
उत्पादन दिन्छ त्यसैले जिन्दगी कारखाना भयो
आयौ दिलको दस्ताबेजमा सहि छाप गरेर गयौ
हामी छुटेपछी जिवन च्यातिएको पाना भयो
धारिलो हतियारले जस्तै रेट्ने रहेछ प्रेमले पनि
सम्बन्धमा रेति लागेपछी प्रियजन् फलाना भयो
तिमीले अरुलाई मायाको टेन्डर दियौ सुनेपछी
चिहानमा हराए म मसानघाट मेरो ठेगाना भयो