ट्वीटरको लोगो परिवर्तन गरी नीलो रङको चराको सट्टा अंग्रेजी अक्षर एक्स बनाउने घोषणा

ट्वीटरको लोगो परिवर्तन गरी नीलो रङको चराको सट्टा अंग्रेजी अक्षर एक्स बनाउने घोषणा

एजेन्सी । सामाजिक सञ्जाल ट्वीटरको अस्तित्व नै समाप्त हुने भएको छ ।

ट्वीटरका मालिक एलन मस्कले ट्वीटरको लागो परिवर्तन गरी नीलो रङको चराको सट्टा अंग्रेजी अक्षर एक्स बनाउने घोषणा गर्दै ट्वीटरको अस्तित्व नै मेट्ने संकेत गरेका छन् ।

मस्कले लोगो परिवर्तनसँगै वेबसाइट पनि ट्वीटरडटकमको सट्टा एक्सडटकम गरिने बताएका छन् । ट्वीट गर्नेहरुले अब छिट्टै एक्सवीट गर्नुपर्ने छ । मस्कले ट्वीटरमा भन्दा निकै धेरै सुविधाहरु पनि दिने बताएका छन् । चिनियाँ सामाजिक संजाल वीच्याटबाट आफू प्रभावित भएको भन्दै मस्कले त्यही खालको सुविधा प्रयोगकर्तालाई दिन सकिने बताएका छन् ।

गत वर्ष अक्टोबरमा ट्वीटर किनेपछि विभिन्न परिवर्तन गर्ने जमर्को गर्दै आएका मस्कले ट्वीटरको अस्तित्व नै समाप्त पार्दै आफ्नो एक्स ब्राण्डबाटै उक्त साजिक संजाललाई पनि चलाउन खोजेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्