विराटनगरमा ५२ सप्ताह ‘ब्लडग्रुप र प्रेसर’ जानकारी अभियान

<span class='c1'>विराटनगरमा ५२ सप्ताह ‘ब्लडग्रुप</span> <span class='c2'>र प्रेसर’ जानकारी अभियान</span>

विराटनगर । विराटनगरमा सामान्य लाग्ने तर व्यक्तिगत जीवनमा महत्वपूर्ण जानकारीका लागि एउटा कार्यक्रम वार्षिक रुपमा सुरु गरिएको छ । लायन्स-लियो क्लब अफ विराटनगरले रक्त समुह ‘ब्लडग्रुप’ र रक्तचाप ‘ब्लड प्रेसर’ परीक्षण कार्यक्रम सर्वसाधारणका लागि वार्षिक रुपमा राखेको हो ।

लायन्स-लियो क्लव विराटनगरले एकवर्षसम्म आफ्नो वार्षिक कार्यक्रमको रुपमा सर्वसाधारणको ब्लडग्रुप र ब्लडप्रेसर परीक्षण गर्ने अभियान सञ्चालन गर्ने भएको छ । यस अनुसार शनिबार विराटनगर तीनपैनीमा सर्वसाधारण लक्षित गरेर ब्लड ग्रुप पहिचान र रक्तचाप परीक्षण शिविर आयोजना गरिएको थियो ।

प्रत्येक व्यक्तिले आफ्नो ब्लड ग्रुप थाहा पाउन् भन्नका लागि राखिएको यो कार्यक्रममा एकसय ४ जनालाई ब्लडग्रुपका बारेमा जानकारी दिइएको थियो । लायन्स-लियो क्लव अफ विराटनगरका प्रेसिडेन्ट हेमन्त मारुका अनुसार यो अतिआवश्यक व्यक्तिगत जानकारी पनि थाहा नहुने अवस्थाको अन्त्य गर्नका लागि वार्षिक रुपमा यो कार्यक्रम राखिएको हो । यसले व्यक्तिलाई आफैं चाँहिदा वा अरुलाई रगत दान गर्नुपर्दा समेत ब्लडग्रुप बारे जानकारी पाउने भएकोले अति सामान्य व्यक्तिहरुलाई लक्षित गरेर परीक्षण गरिदैं आएको छ ।

यो कार्यक्रम निरन्तर ५२ हप्तासम्म आयोजना गरिने भएको छ । लायन्स÷लियो क्लव अफ विराटनगरले एकवर्षसम्म सर्वसाधारणको रक्त समूह बारे जानकारी दिनका लागि परीक्षण गर्ने कार्यक्रम राखेको हो । लियो क्लव अफ विराटनगर भाईस प्रेसिडेन्ट तथा यो कार्यक्रममा प्राविधिक सहयोग गर्दै आएको पपुलर क्लिनिक सञ्चालक कविता सहनीका अनुसार हालसम्म यो कार्यक्रम चौंथो हप्तामा चलिरहेको छ । यस अगाडी ट्राफिक प्रहरीसँग ट्राफिक चौकमा, मजदुर तथा सर्वसाधारणसँग बसपार्कमा, कटहरीस्थित बाबा सप इन्डष्ट्रिजका मजदुरसँग भईसकेको छ । खासगरी जानकारी राख्नुपर्ने तर जानकारी राख्न चासो नदिईरहेका नागरिकको ब्लडग्रुप परीक्षण गरेर उनीहरुलाई कार्ड उपलब्ध गराईने छ । हालसम्म चारसय बढीले आफ्नो ब्लडग्रुप बारे जानकारी उल्लेख भएको कार्ड बुझिसकेको दावी छ ।

सोनीका अनुसार मानौं कुनै मजदुर फ्याक्ट्रीमा काम गर्ने दौरान घाईते भएर अस्पताल भर्ना गर्नु परे उसको ब्लडग्रुप के भन्ने कुराको जानकारी भए चाँडो रगत व्यवस्थापन हुनसक्छ । तर, यदि जानकारी छैन भने ‘म्याचिङ्ग’ गरेर ग्रुप पहिचान गरेपछि मात्रै त्यहिसँग मेल खाने रगत व्यवस्थापन गर्नुपर्ने बाटो खुल्नेछ । त्यसैले समूहगत रुपमा रहेका पेसाकर्मी वा आम सर्वसाधारणसम्म आफ्नो ब्लडग्रुप बारे जानकराी गराउन परीक्षण अभियान राखिएको दावी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्