चीनले बिहीबार जिउक्वान स्याटेलाइट प्रक्षेपण केन्द्रबाट एउटा भूउपग्रह अन्तरिक्षमा प्रक्षेपण गरेको छ।
फेंग्युन–३ ०६ स्याटेलाइट प्रक्षेपण उपग्रह लङ मार्च-४ सी वाहक रकेट द्वारा बिहान ११ :४७ मा (बेइजिङ समय) मा प्रक्षेपण गरिएको हो ।
उपग्रह सफलतापूर्वक योजनाबद्ध कक्षमा प्रवेश गरेको पनि बताइएको छ । रासस/सिन्ह्वा