ज्याक मा कृषि उद्यमतर्फ, कृषि स्टार्टअपमा संलग्न भए

ज्याक मा कृषि उद्यमतर्फ, कृषि स्टार्टअपमा संलग्न भए

विश्वकै ठूला ईकमर्समध्येको अलीबाबा ग्रुप होल्डिङका संस्थापक एवं पूर्व अध्यक्ष ज्याक मा कृषि उद्यमतर्फ लागेका छन् ।

चीनको झेजियाङ प्रान्तको राजधानी हाङ्झाउमा हालै स्थापित ‘१.८ मिटर मरिन टेक्नोलोजी को’ नामक कृषि स्टार्टअपमा ज्याक मा पनि संलग्न रहको साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेको छ ।

जुलाई २० मा दर्ता यो स्टार्टअपको चुक्ता पुँजी एक करोड ५० लाख अमेरिकी डलर रहेको छ । यो उद्यमले जलीय उत्पादन, खाने र प्रशोधनको कामलाई समेटेको छ ।यो उद्यममा हङकङमा रहेको १.८ मिटर टेक्नोलोजी होल्डिङ लिमिटेडको ८० प्रतिशत हिस्सा छ ।

यसको दोस्रो ठुलो १० प्रतिशत हिस्सा आर्ट्स एन्ड कल्चर कम्पनी लिमिटेड रहेको छ, जसको स्थापना माले गरेका हुन् ।

आन्ट ग्रुपका पूर्व प्रमुख कार्यकारी सिमोन हुको पनि यो स्टार्टअपमा ५.५ प्रतिशत सेयर रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्