युवा इन्जिनियरको पहलमा क्यान्सर पीडितलाई आर्थिक सहयोग

<span class='c1'>युवा इन्जिनियरको पहलमा क्यान्सर</span> <span class='c2'>पीडितलाई आर्थिक सहयोग</span>

विराटनगर । सप्तरी छिन्नमस्ता गाउँपालिका ३ स्थित गोविन्दपुर निवासी क्यान्सर पीडित फुलोदेवी मुखियाको उपचारमा सहयोग जुटाउन एक जना युवा इन्जिनियरले अभियान चलाएका छन् ।

आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समे समस्या भएपछि इन्जिनियर राहुल कुमार शर्माको अगुवाइमा अभियान शुरु गरिएको हो।

मुखियाका श्रीमान विद्यालाललले आफूहरुको आर्थिक अवस्था कमजोर भएकोले थप उपचारमा कठिनाई भएको बताउँदै भने,“ बी.पी.कोईराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरमा उपचार गराई रहेका छौं तर हामीसँग पर्याप्त रकम नहुँदा समस्या भएको छ ।” मुखियाले युवा इन्जिनियर राहुलले विभिन्न व्यक्तिहरुसँग आर्थिक सहयोग संकलन गरेर सहयोग पुर्याएको सुनाए ।

राहुलले भने,“उहाँको आर्थिक अवस्था निकै नै कमजोर रहेछ । मैले सामाजिक सञ्जालमार्फत सहयोगको अपिल गरेपछि जुट्न थाल्यो त्यसबाट उहाँको उपचारमा थोरै भएपनि मद्दत मिलेको छ ।” छिन्नमस्ता गाउँपालिका निवासी ई. शर्माले आफूले सानो पहलकद्मी लिँदा सहयोग जुट्ने क्रम बढेको बताए । ई. शर्माले विद्यार्थीकालदेखि नै सामाजिक कार्य संचालन गर्दै आएका छन्।

इन्जिनियर राहुलले यस अभियानमा सहयोग पुर्याउने सबै दाताहरुलाई धन्यवाद दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्