सदनको गतिरोध अन्त्य गर्न एमाले सहमत

सदनको गतिरोध अन्त्य गर्न एमाले सहमत

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा सुन बाहिरिएको विषयलाई लिएर लगातार सदन अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले प्रतिनिधिसभाको आजको बैठक सञ्चालन गर्नका लागि सहमत भएको छ ।

सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई जवाफ राख्न दिने र गृहमन्त्रीबाट उच्चस्तरीय समिति गठनको प्रतिबद्धता नआए विरोध गर्नेगरी आजको बैठक चल्न दिन एमाले तयार भएको हो । सदनको अवरोध हटाउन प्रधानमन्त्री निवास बालुवाटारमा सभामुख देवराज घिमिरेसहित शीर्ष नेताको बैठक बसेपनि बिना निष्कर्ष टुङ्गिएको थियो ।

एमाले सचेतक महेश बर्तौलाले भन्नुभयो, “आज अपराह्न ३ बजे सदन अगाडि बढ्छ, गृहमन्त्रीले उच्चस्तरीय समिति बनाउने प्रतिबद्धता जनाए बैठक अगाडि जाने र समिति गठन गर्ने प्रतिबद्धता नआए हामीले उठेर विरोध गर्छौँ ।” शीर्ष तहको बैठकमा सरकारका तर्फबाट उच्चस्तरीय समिति गठन नगर्ने अडान कायमै भए पनि गृहमन्त्रीको जवाफ सुन्नका लागि सदन चल्न दिने निष्कर्षमा पुगिएको उहाँको भनाइ छ ।

“बैठकमा सरकार आफ्नो अडानमा रह्यो । उच्चस्तरीय छानबिन समिति बनाउन तयार नहुँदानहुँदै पनि आज गृहमन्त्रीको जवाफ सुन्नका लागि सदनलाई अगाडि बढाउन दिएका हौँ”, उहाँले भन्नुभयो, “गृहमन्त्रीको जवाफ पनि सुन्छौँ, देशभरका सांसदले पनि आफ्ना कुरा राख्ने अवस्था बनाउछौँ । अपराह्न ३ बजे सदन अगाडि जान्छ, हामी बैठकलाई अवरोध गर्दैनौँ ।”

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्