छोराको हत्या गर्ने बाबु बीस वर्षपछि धनुषाबाट पक्राउ

<span class='c1'>छोराको हत्या गर्ने बाबु</span> <span class='c2'>बीस वर्षपछि धनुषाबाट पक्राउ</span>

ढल्केवर । आफ्नै छोराको हत्या आरोपमा एक जनालाई प्रहरीले २० वर्षपछि पक्राउ गरेको छ।

हत्या आरोपमा धनुषा जिल्लाको मिथिला नगरपालिका–३, हरिहरपुरका ७० वर्षीय वृद्ध महेश महतोलाई इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरीले बिहीबार पक्राउ गरेको हो ।

२०६० मङ्सिर ४ गते आफ्नै छोरा १७ वर्षीय सोलिदर महतोलाई घाँटीमा गम्छा बेरेर हत्या गरेको आरोपमा महेशलाई घरबाटै पक्राउ गरिएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक कवीन राईले बताए ।

घटना पश्चात फरार रहेका महतोलाई घर आएको बेला नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको धनुषा प्रहरीले जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्