तिमी कहिले नहार्नु (कविता) – बिनयबिष्णु के.सी

तिमी कहिले नहार्नु (कविता) – बिनयबिष्णु के.सी

।। तिमी कहिले नहार्नु ।।

उसलाई सबै थाहा छ मेरो
तर म केही जान्दिन ।।

ऊ मेरो खुबै ख्याल गर्छिन
तर म जान्दिन ।।

उनी भन्छिन,
त केहि जान्दैनस ।।

तर म सोच्छु,
अबोध बालक झैँ ।।

मलाई तिमीले जितेको मन पर्छ
म हारेर पनि त जितेकै छु ।।

म जान्दछु, बुझ्दछु सबै
तर अमुक भईदिन मन पर्छ ।।

मेरो हारमै म खुसी छु
तिमी जितको घमण्ड कहिले नगर्नु ।।

तिमी जित्नु सधै
मै हारीदिउला ।।

तर तिमी कहिले नहार्नु ।।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्