जनमत पार्टीले सप्तरीमा ‘राइट टु रिकल’ को अभ्यास आफ्नो पार्टी भित्र सुरु

<span class='c1'>जनमत पार्टीले सप्तरीमा ‘राइट टु रिकल’</span> <span class='c2'>को अभ्यास आफ्नो पार्टी भित्र सुरु</span>

जनमत पार्टीले सप्तरीमा ‘राइट टु रिकल’को अभ्यास आफ्नो पार्टी भित्र सुरु गरेको छ । सोही क्रममा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकामा राइट टु रिकलका लागि निर्वाचन गरेको छ ।

जनमत पार्टीका सदस्य मात्र मतदाता भएको उक्त निर्वाचनमा आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिको एप्रुभल रेटिङका लागि विभिन्न स्थानीय तहमा मतदान भएको हो।

निर्वाचित पालिका प्रमुख, उपप्रमुखदेखि वडा अध्यक्षसम्मको मूल्यांकनका लागि भएको मतदानको मतगणना सप्तरीमा साँझ ६ देखि सुरु भएको छ। तर उक्त पार्टीले मतगणनाको परिणाम अहिले सार्वजनिक नगर्ने भएको छ । स्थानीय निर्वाचन समितिहरुले मत परिणाम केन्द्रमा पठाउने स्रोतको भनाइ छ ।

सप्तरीको दुई पालिकामा जनमत पार्टीले नेतृत्व गरिरहेको छ भने केही वडामा निर्वाचित भएका छन् । मुलुकमा पहिलो पटक ‘राइट टु रिकल’ को प्रावधान जनमत पार्टीले राखेको र सोही बमोजिम  जनप्रतिनिधि निर्वाचित सम्पूर्ण ठाउँमा निर्वाचन भइरहेको उक्त पार्टीले जनाएको छ ।

आफ्ना जनप्रतिनिधिहरूले जनताको चाहनाअनुसार काम गरेको वा नगरेको मूल्यांकनका लागि पहिलो पटक एप्रभुल रेटिङ गरिरहेको जनमत पार्टी सप्तरीका नेता थानेश्वर साहले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्