चिनियाँ लाल सेनाको ‘लङ मार्च’मा राष्ट्रपतिको विशेष सम्बोधन

<span class='c1'>चिनियाँ लाल सेनाको ‘लङ</span> <span class='c2'>मार्च’मा राष्ट्रपतिको विशेष सम्बोधन</span>

एजेन्सी । चीनले लाल सेनाको ‘लङ मार्च’ विजयको ९०औँ वार्षिकोत्सव मनाउन बिहीबार बेइजिङमा एक समारोह आयोजना गरेको छ । चीनका राष्ट्रपति तथा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)केन्द्रीय समितिका महासचिव तथा केन्द्रीय सैन्य आयोगका अध्यक्षसमेत रहेका सी चिनफिङले उक्त अवसरमा महत्त्वपूर्ण सम्बोधन पनि गरेका थिए ।

कार्यक्रममा सीपीसी केन्द्रीय समितिको पोलिटब्युरो स्थायी समितिका सदस्यहरू ली छ्याङ, चाओ लेजी, वाङ हुनिङ, छाई छी, डिङ सुएसियाङ र ली सीका साथै चीनका उपराष्ट्रपति हान झेङ पनि उपस्थित थिए। चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा लाल सेनाले गरेको ‘लङ मार्च’ को विजयको ९०औँ वार्षिकोत्सव मनाउन चाइना मिडिया ग्रुपले बिहीबार बेइजिङ समयअनुसार राति ८ बजे विशेष सांस्कृतिक कार्यक्रम प्रसारणको जिम्मेवारी लिएको छ ।

‘लङ मार्चको महान् भावनालाई अघि बढाउँदै नयाँ युगको लङ मार्चमा अघि बढ्ने’ भन्ने मूल नारासहित आयोजना गरिएको कार्यक्रममा लाल सेनाको लङ मार्चको कठिन र गौरवशाली यात्रालाई स्मरण गरिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्